प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
वैशाख २०८०
गण्डकी प्रदेशको ट्राफिक सप्ताहमा लघू सचेतनामुलक कार्यक्रम
२०८०-०१-२५

वैशाख-२८, पोखरा ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशव्यापि रुपमा ट्राफिक सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरीरहेको छ । विविध कार्यक्रमहरु सहित सञ्चालन गरीएको सप्ताहिक जनचेतनामुलक कार्यक्रममको गण्डकी प्रदेशमा भने आज तेस्रो दिन हो । आजको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ट्राफिक प्रहरीहरुले ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्दि गरेका छन । लघू सचेतना कार्यक्रममा बिभिन्न स्थानहरुमा सवारी साधन तथा पैदलयात्रीहरुलाई रोकिन्छ र ट्राफिक नियम सम्बन्धी जानकारी मुलक पर्चा वितरण गरीन्छ, त्यसपछी सोही कार्यक्रममा सहभागि १ जनालाई ट्राफिक नियम सम्बन्धी जानेका कुरा बोल्न लगाईन्छ र नबुझेका कुरा ट्राफिक प्रहरी बाट प्रष्ट पारिन्छ । यसका साथै सप्ताहव्यापी कार्यक्रमकै तालिका बमोजिम आज ट्राफिक प्रहरीले सवारी चालक पोशाक चेकजाँच, सवारी भाडादर अनुगमन, आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ । गण्डकी प्रदेशमा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका र गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा सञ्चालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको यहि बैशाख २५ गते उद्घाटन गरीएको थियो । उद्घाटन कार्यक्रमका अवसरमा प्रदेशका सबै; जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । नसामा सवारी दुर्घटनाको तयारी, तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध परिष्कृत, प्रभावकारी कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ । जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिनेछ । कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।

सवारी दुर्घटना
२०८०-०१-२२

जिल्ला कास्की पोखरा म.न.पा.८ चालिसेचोक स्थित ग .१ ज ५३१६ नं. को ट्याक्सी र बा. ७२ प ३७९ नं.को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.पछाडि सवार जिल्ला कास्की पोखरा म.न.पा.१९ बस्ने वर्ष २८ को सरोज सुनार घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको । जिल्ला कास्की पोखरा म.न.पा.६ बुलौदी स्थित ग. १३ प ५४४२ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.६ बस्ने वर्ष २३ को बिपिन पुन घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

"सामुदायिक सन्देश" बुलेटिन विमोचन
२०८०-०१-१२

वैशाख-१२, पोखरा । कास्की जिल्लामा सक्रिय सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुको नियमनकारी संस्था सामुदायिक प्रहरी सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले वर्षभरी जिल्लाका सम्पूर्ण सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रले समाज रुपान्तरणका लागि गरेका सचेतनामूलक कार्यक्रमहरुको प्रभावकारीताको विषयमा स्पष्ट गराउने उद्देश्यका साथ “सामुदायिक सन्देश” बुलेटिनको २८ औं अंक प्रकाशन गरेको छ ।समितिले प्रकाशन गरेको बुलेटिनको आज समितिकै सभाहलमा एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङको विशेष आतिथ्यता र समितिका अध्यक्ष भिम पराजुलीको प्रमुख अध्यक्षतामा विमोचन गरिएको हो । “विकृति र विसंगती रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रहरीसँग हातेमालो गर्दै सामाजिक कार्यमा सलंग्न सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुले गत १ वर्षको अवधिभर गरेका सचेतनामूलक तथा सहयोगका कार्यक्रमहरुको विषयमा उक्त बुलेटिनमा समावेश गरिएको छ । पोखरा लगायत कास्की जिल्ला भरिनै सक्रिय रुपमा प्रहरीसँग हातेमालो गरी समाजमा शान्ति स्थापनार्थ खटिने समुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रहरुका कार्यक्रमहरुलाई नागरिक सम्म पर्‍याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बुलेटिन चौमासिक रुपमा प्रकाशन गरीने समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख के.सी. र विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख बुद्धिराज गुरुङले समाजमा शान्ति स्थापनार्थ खटिरहेका सामुदायिक सेवा तथा प्रहरी सेवाकेन्द्रहरुलाई सहयोग गर्न आफुहरु सधै तत्पर रहेको बताउनुभयो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<